ईलाम: ईलामको माङसेबुङ गाउँपालिका ५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको छ ।
आज बिहान साँढे १० बजे परिवारसहित माई खोलामा पुजा गर्न गएको बेला उनलाई खोलाले बगाएको हो । पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा थेगिमलाई अचानक खोलाले बगाएको थियो । घटनाबारे आफन्तले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय ईलामको टोली खटिएर कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



