मोरङ: चिसाङ खोलाको बिच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका ३ का ४५ बर्षीय सन्तोष राईलाई सकुशल उद्दार गरिएको छ । 
आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बिच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ५ बजे सकुशल उद्दार गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                                                                                 
		


 
		 
		 
		 
		



