झापा: झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको हो । आज दिउँसो साँढे १२ बजे उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



