धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
उनको तीन दिनअघि स्वाब संकलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएका प्रहरी जवान हुन् । उनको रिपोर्ट पोजेटिभ आएपछि धरान आइसोलेसनमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । उनले भने,‘एक जवानको पोजेटिभ रिपोर्ट आयो, आइसोलेसनमा पठाइसकेका छौं ।’
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
		


 
		 
		 
		 
		



