विराटनगरः गत साउन ६ गतेदेखि विराटनगर ४ बाट हराएका २८ वर्षीय विकल अधिकारीलाई खोजिदिन परिवारले आग्रह गरेको छ ।

उनका बुवा पुस्कल अधिकारीका अनुसार साउन ६ गते देखि हराएका विकल अहिलेसम्म भेटिएका छैनन् । विवाहित उनी परिवारको एक्लो छोरा भएको अधिकारीले बताए । विना कारण घरबाट हिँडेको छोरा धेरै दिनसम्म नआएपछि हराएको भन्दै बुहारी निमिस्ता भट्टराई अधिकारीले साउन २० गते मोरङ प्रहरीमा निवेदन दिएकी थिइन् ।

परिवारले हालसम्म सकुुसल भए नभएको एकीन नभएको जानकारी दिएको छ । बुवा अधिकारीका अनुसार विराटनगरको निजी शिक्षण सँस्थामा अध्यापन गर्ने उनी हराएको कारण अझै पत्ता लाग्न सकेको छैन । मोवाइल फोन समेत स्वीच अफ छ । त्यसैले आफ्नो छोरालाई सकुशल उद्धार गरिदिन उनले अपिल गरेका छन् ।