विराटनगरः विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाकाे काेशी अस्पतालमा मृत्यु भएकाे छ ।
अस्पतालका मे.सु. डा.चुमनलाल दासका अनुसार काेराेना संक्रमण पुष्टि भएका ति युवाकाे हिजै ज्यान गए पनि काेराेना हाे की हाेइन भन्ने एकीन भएकाे थिएन ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएका ती युवकलाई हिजाे कोशी अस्पताल भर्ना गरिएपनि दिउँसाे ४ बजे नै आईसोलेसनमा मृत्यु भएको हाे।
मृत्यु अगाडि संकलन गरिएको स्वाब परिक्षणमा नेगेटिभ देखिएकोमा पुनः स्वाब संकलन गरेर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । विराटनगरका मात्र सँक्रमित ६ व्यक्तीकाे ज्यान गइसकेकाे छ ।
विहिवार राती काेशी अस्पतालमै सिराह विष्णुपुरका ४० वर्षीय संक्रमितकाे ज्यान गएकाे थियाे ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



