धरानः कोशी राजमार्गको रुद्रवारी–गुठीटार सडकखण्ड भासिएको छ । धनकुुटा नगरपालिका ९ को खुरिला भन्ने उक्त स्थानमा सडक ३ मिटर गहिरो भासिएको स्थानीय गंगा आलेले जनकारी दिए ।
आलेकाअनुसार आइतवार मात्र उक्त स्थानमा ३ मिटर गहिरो सडक भासिएको छ । जसले गर्दा सवारी आवतजावतमा समस्या भएको छ । अहिले दुुइ पाँग्रे सवारीमात्र मुस्किलले गुडिरहेका छन् भने ठुला सवारी गुुड्न पाएका छैनन् । ‘कमेरे माटो भएको र पानी निरन्तर बगिरहेने उक्त स्थानमा सडकसँगै विजुलीका पोलसमेत ढल्न लागेका छन् ।’ आलेले भने ‘यदि तत्कालै सडक र विजुलीका पोलको मर्मत नभए सडकसँगै विद्युुत प्रवाहमा समस्या उत्पन्न हुनेछ ।’
स्थानीयले सडक सामान्य चर्किन थाल्दै सडकका अधिकारीलाई खबर गर्दा कुुनै जवाफ नफर्काएको बताएका छन् । सडकका कर्मचारीको हेलचेक्राइले थप नोक्सान भइरहेको उनीहरुको भनाई छ । अहिले सडकको १ सय मिटर लम्बाइमा नोक्सान भएको छ । यता सडक डिभिजन कार्यालय धनकुटाका प्रमुुख दानबहादुर शाक्यले सडकको माथिल्लो भाग खुलाएर आज एकतर्फि भएपनि सवारी चलाउने तयारी भएको जानकारी दिए । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



