सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईस्टन सुगर मिलमा कार्यरत एक कर्मचारीको करेन्ट लागेको मृत्यु भएको छ ।
स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको आज बिहान १० बजे अचानक करेन्ट लागेर मृत्यु भएको हो । मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



