धरान: डाक्टरको प्रेस्क्रिप्सन विना बिक्री गर्न नमिल्ने स्पास्मो प्रोक्सिभन प्लस नामको औषधी घरमा अवैधरुपमा राखेर बिक्री गर्ने एक युवा धरानबाट पक्राउ परेका छन् ।
धरान १५ स्थित गणतन्त्र बस्तीका ३७ बर्षीय राजकुमार चौधरी पक्राउ गरेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले हिजो (बुधबार) पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ३ हजार क्याप्सुल फेला परेको छ । स्पास्मो प्रोक्सिभनसहित पक्राउ परेका चौधरीलाई थप कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘यो लागुऔषध होइन, औषधी नै हो तर डाक्टरको प्रेस्क्रिप्सन बिना किन्न, बेच्न पाइदैन,’डिएसपी बस्नेतले भने,‘तर नशाकैरुपमा प्रयोग गर्ने रहेछन् ।’
प्रहरीका अनुसार चौधरीले घरमा प्रतिबन्धित औषधी राखेर दुरुपयोग गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी तलासी लिदा कोठाभित्र फेला परेको थियो । चौधरीको कोठामा टिनको बाकसमाथि रहेको वुफर भित्र लुकाई राखेको अवस्थामा स्पास्मो वरामद भएको प्रहरीले जानकारी दिएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



