धरान: सप्तकोशी नदी किनारमा एक महिलाको निर्वस्त्र अवस्थामा शव फेला परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनस्थित कोशी किनारमा महिलको शव भेटिएको हो । प्रहरीका अनुसार मंगोलियन जस्तो देखिने महिलाको उमेर करिब १८, २० बर्षको देखिन्छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



