धरान: स्थापनाको २७ औं बार्षिक उत्सव तथा वीपी जयन्तीको अवसर पारेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वीपी कोइरालाको सालिक स्थापना गरिएको छ ।

प्रतिष्ठानको जिओपिडी भवनअघि नेता विश्वेश्वर प्रसाद(वीपी) कोइरालाको सालिक स्थापना गरिएको हो । एक समारोहबीच आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पुर्णकदको सालिकको अनावरण गरेका थिए । आज १०७ औं वीपी जयन्ती हो । सालिक कलाकार बिक्रम श्रीले निर्माण गरेका हुन् ।

कार्यक्रममा उपकुपतिल डा.गिरीले झण्डोत्तलन पनि गरेका थिए भने बार्षिक प्रतिवेदन तथा योजनाहरुको पुस्तक पनि सार्वजनिक गरेको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । कार्यक्रममा सिमित सिनेट सदस्यहरु, पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरु सहभागी थिए ।

bp-jayanti