झापा: झापा बिर्तामोड ५ मा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



