धरान: धरान २० विष्णुपादुकास्थित आपटाँरमा पहिरोको कारण विस्थापित परिवारलाई उपयुक्त जग्गा खोजी गरेर स्थानान्तरण गर्ने मेयर तिलक राईले बताएका छन् ।
पहिरोको स्थलगत निरीक्षण गर्नुका साथै शुक्रबार विस्थापित परिवारहरुलाई भेट गरेर मेयर राईले यस्तो आश्वासन दिएका हुन् । वडा नं १८ का अध्यक्ष प्रविण राई र कांग्रेस नेताहरुसहित मेयर राई विस्थापितहरुलाई भेट्न पुगेका थिए । सोही क्रममा उनले विस्थापितहरुलाई चाडै नै उपयुक्त जग्गाको खोजी गरेर स्थापनान्तरण गर्ने बताएका हुन् ।

विस्थापितहरुलाई नेपाली कांग्रेस वडा नं. २० को कार्यसमितिले आर्थिक सहयोगसमेत गरेको छ । पार्टीकोतर्फबाट संकलन भएको नगद ६५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । मेयर राईसँगै धरान वडा नं. १८ का वडा अध्यक्ष प्रविन राई (नरेन्द्र), नेपाली कांग्रेस जिल्ला सदस्य पदम लिम्बु, कांग्रेसको वडा नं. २० का बुथ सभापति राम कुमार तामाङलगायत पनि गएका थिए । पहिरोले आँपटारका ७ घर पुर्णरुपमा क्षति पुगेको छ । विस्थापितहरुलाई सुरक्षित स्थानमा टेण्टमा राखिएको छ ।
                    
		
                                        
                                                                                                
                    
                    
		


		
		
		
		



