धरान: धरानका व्यवसायी तथा विभिन्न संघसंस्थामा आवद्ध दिपक श्रेष्ठको निधन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । श्रेष्ठ धरान १२, महेन्द्रपथ स्थित कान्छा कान्छी सपिङ सेन्टरका सञ्चालन हुन् । यस्तै, उनी रोटरी क्लब अफ धरानका पनि अध्यक्ष हुन् भने धुलिखेल समाज, धरान जेसिज, रेडिमेड तथा फेन्सी व्यवसायी संघका पनि पुर्वअध्यक्ष हुन् । द रेयुकाई, नेवार एकता समाजलगायत थुप्रै संघसंस्थामा श्रेष्ठ आवद्ध थिए ।

पारिवारिक स्रोतका अनुसार श्रेष्ठलाई हिजो शुक्रबार सामान्य रुघाखोकी र टाउको दुःखेको थियो । उनलाई सास फेर्न गाह्रो भएपछि वीपी प्रतिष्ठानको इर्मजेन्सीमा लगिएको थियो । स्वास्थ्य अवस्थामा सुधार हुन नसकि श्रेष्ठको आज बिहान निधन भएको हो । चिकित्सकहरुले श्रेष्ठको श्वासप्रश्वास सम्बन्धी समस्याले नै निधन भएको जानकारी परिवारलाई दिएको छ । उनको पिसिआर परिक्षण भने गरिएको छैन । ‘उहाँको अप्रत्यासित निधन भयो,’एक आफन्तजनले भने,‘शव घरमा ल्याइसकेको छ, अन्त्येष्टीको तयारी हुदैछ ।’