झापा: झापाको भद्रपुर ३ पैतिस लाईनबाट अतिसबाजी (पटका)सहित अटो चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् । विशेष सुराकको आधारमा प्रहरी टोलीले हिजो साझँ ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटो भित्र लोड गरी लुकाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका र अटोसहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।