मोरङ: मोरङको बेलबारीबाट ६ जना जुवाडेहरु नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरीका पनि एक व्यक्ति छन् ।

गएको शुक्रबार राती बेलबारी नगरपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । जुवाडेहरु स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई, सुनसरीको इटहरी १ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल पनि रहेका छन् ।

जुवाको खालबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ पनि वरामद भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । यस्तै, एक सेट कौडा, तीन बुङ तास वरामद भएको छ भने उनीहरुको को २ च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर पनि वरामद भएको प्रहरीले जनाएको छ ।