तेह्रथुम:आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो ।

पत्रकार गौतमले कम्पनीको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको माध्यमबाट प्रचारप्रसार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको तेह्रथुम शाखा प्रमुख यामनाथ दाहालले बताए । पत्रकार गौतमलाई आईएमई लाईफ ईन्स्योरेन्स प्रदेश नम्वर १ का प्रमुख कर्मराज पौडेलले खादा, अविर, मेडल र प्रशंसा पत्रले सम्मान गरेका थिए ।

यसैगरि सोही कार्यक्रममा एजेन्सी मेनेजर दिपक सापकोटा, यादवमणी दाहाल, मिलन कट्वाल, मनकुमारी पौडेल, पुष्पा गुरागाई, जयन्ती गुरागाई, सृष्ट्री ल्वागुन, टिम मेनेजर लिलामाया तामाङ, मन कुमारी पौडेल लगायतलाई पनि उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो । यसैगरि,अभिकर्ताहरु यसोदा दाहाल, सुमन पौडेल, अन्जना खत्री, सुमनलक्ष्मी खानाल लगायतलाई टिसर्ट र क्याप प्रदान गरिएको थियो । कार्यक्रममा म्याङलुङ नगरपालिकाका नगरप्रमुख संजय कुमार तुम्वाहाङफेले कमाई गर्ने व्यक्तिको आकस्मात निधन हुदा आम्दानी बन्द भएर ठुलो समस्या पर्ने उल्लेख गर्दै त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरि परिवारले कमाउन सुरु नगरुञ्जेल बिमाले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

प्रदेश नम्वर १ का प्रमुख पौडेलले आईएमई लाईफ ईन्स्योरेन्सको महत्व, ईतिहास, हालको अवस्था, नेपालमा विमाको विकास, विमा बजारमा कार्यरत कम्पनि संख्या, आर्थिक जोखिमको हस्तान्तरण, भविश्यको योजना निर्माण, दीर्घकालिन पुजी निर्माण, मुलुकको विकासमा भुमिका, ऋणको भुमिकाबाट मुक्ती, करमा छुट लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा लोक वहादुर खत्री, गजेन्द्र कन्दङवा, योगेन्द्र खत्री लगायतले पनि आआफ्नो भनाई राखेका थिए । तेह्रथुम शाखाको आयोजनामा भएको कार्यक्र शाखा प्रमुख यामनाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एजेन्सि मेनेजर, अभिकर्ता, विमित, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।