झापाः झापा कमल गाँउपालिका २ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
हिजो शनिबार साँझ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका थिए । घरायसी विषयमा वादविवाद हुदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई खुकुरी प्रहार गरि हत्या गरेका थिए । उनले खुकुरीले श्रीमति रिताको घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



