धरान: केही बर्षअघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो । तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ ।

हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन । हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ । तर, विगतमा जसरी विष्णुपादुका गाउँविकास समिति थियो, अब त्यो राजनीतिक एवं प्रशासनिक केन्द्रकोरुपमा भने छैन । सिंगो गाविस धरानमा गाँभिएर उपमहानगरपालिका भइसकेको छ, र वडा नं २० बनेको छ ।

धरान आधुनिक सहर । कोलाहाल, धुँवा, धुलो र ब्यस्त जीवन । तर, जब मानिसहरु सर्दु खोला तरेर डाँडातिर उकालो चढ्छन्, तब शान्त वातावरण पाउँछन् । प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार हुन्छ, स्वच्छ हावाले साउती मार्छ । ग्रामिण परिवेश तथा नेपाली परम्परागत, मौलिक घरहरु देखिन्छ । कृषि यहाँको प्रमुख पेशा हो । पछिल्लो समय विष्णुपादुका धरानको पर्यटनको केन्द्र पनि बन्दै गएको छ ।

bisnupaduka3

२२० केभिएको कोशी कोरिडोर प्रशारण लाइनको टावर ठडिनुबाहेक अहिले पनि विष्णुपादुकालाई विकासको नाममा आधुनिकताले गाँजेको छैन । मोटरबाटो त खुलेको छ, तर पक्की सडक अझै भइसकेको छैन । कोकाह गाउँमा होम स्टे पनि सञ्चालनमा छ । गुरुङ छाप, तामाङहरुको घना वस्ती भएको वंशिला गाउँतिर पुग्दा मन त्यसै रमाउँछ । खैरेबाट उभिएर पश्चिमतिर फर्कदा टेम्के डाँडा छर्लङ्गै देखिन्छ । टेम्के डाँडा भोजपुर र खोटाङको सिमाना हो । ग्रामिण पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो विष्णुपादुका ।

bishnupaduka9 bisnupaduka bisnupaduka1 bisnupaduka2 bisnupaduka4 bisnupaduka6 bisnupaduka5 bisnupaduka8 bisnupaduka7