धरान: धनकुटा ९ मुलघाट नजिकै कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजे भएको दुर्घटनामा चालक धरान ६ का ४० बर्षीय मरिचमान श्रेष्ठ गम्भीर घाइते भएका हुन् । धरानबाट तेह्रथुम जादै गरेको ना ६ ख ५६९१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै, सहचालक धरान ६ का २६ बर्षीय नविन राईको पनि टाउकोमा गम्भीर चोट छ । दुवैलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको प्रहरीले जनाएकोछ । घटनास्थल प्रहरी चौकी मुलघाटबाट करिब ५ सय मिटर उत्तरमा पर्छ ।