धरान: भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी भएको आशंकामा प्रहरीले सुनसरीको रामधुनी ३ बाट आज दिउँसो एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पकलीको गस्ती टोलीले रामधुनी ३ स्थित सडकमा रोकी राखेको अवस्थामा प्रदेश ३-०१-०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअप नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त गाडी चेकजाँच गर्दा डालाभित्र २६ बोरा चिनी फेला परेको थियो । उक्त चिनी भारतबाट भन्सार छली गरेर अवैधरुपमा ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वरामद भएको चिनी तौल गर्दा १२९० किलोग्राम भएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । वरामद भएको चिनीसहित पिकअप गाडीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेज पठाइएको पनि प्रहरीले जनाएको छ ।