धरान: खेलकुदमा लामो समय योगदान पुर्याएका प्रशिक्षकका साथै गएको दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता धरानका खेलाडी र प्रशिक्षकहरु सम्मानित भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा सागका पदक विजेता तथा प्रशिक्षकहरुलाई धरानमा सम्मान गरिएको हो । विभागले आज(शनिबार) धरान १२ अमान बजारमा वृहत रक्तदानसँगै सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश)लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो ।

यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्तिका तामाङलाई सम्मान गरिएको थियो भने फुटबलका हेमन्त थापा मगर, गल्फका खेलाडी टंक कार्की, शुक्रबहादुर राई र निरज तामाङलाई सम्मान गरिएको थियो ।

sports7

यस्तै, सागमा रजत पदक विजेता बास्केटवलकी खेलाडी डा.आशा राई र तेक्वादोकी युनिसा राईलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । सागमा काँस्य पदक जिताएका प्रशिक्षक विकास चाम्लिङलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो भने तेक्वान्दोका स्थानीय प्रशिक्षक मदन राई र गोपाल राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

sports8

सोही कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरुको उपचार सेवामा समर्पित स्टाफ नर्स पदमकुमारी राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो भने धरानका सरसफाईकर्मी गोविन्द मरिकलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो । यसैगरि, यातायात मजदुर विकास राई, महिला अधिकारकर्मी मिना पुलामी र राजनीतिक योगदान पुर्याएका हेमलाल सुब्बालाई पनि सम्मान गरिएको थियो । यसैगरि,संस्थातर्फ धरान जेसिज, लायन्स क्लब, परिवार नियोजन संघ, होप धरान, रेडक्रस सोसाइटी सुनसरी र संजिवनी पुर्नस्थापना केन्द्रलाई पनि सम्मान गरिएको थियो । चोटग्रस्त भएका बास्केटवलका खेलाडी प्रदिप गुरुङलाई सहयोगार्थ नगद १० हजार पनि विभागले हस्तान्तरण गरेको थियो ।

spotrs12

प्रशिक्षक, खेलाडी तथा संघसंस्थाहरुलाई सभापति एवं विभागका केन्द्रीय सदस्य किसोर राई, प्रमुख अतिथि एवं विभागका प्रमुख, पुर्वमन्त्री मोहन बस्नेत, उपप्रमुख एवं संवधासभा सदस्य मोहन राई, प्रदेश १ का पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बा, प्रदेश १ सभाका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालालगायतले सम्मान गरेका थिए । राष्ट्रको लागि योगदान पुर्याएका खेलाडीहरुलाई सबैले सम्मान तथा प्रोत्साहन गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सभापति राईले बताए । स्थानीय सरकारहरुलाई पनि खेलकुदको अधिकार दिइएको भएपनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाई थियो । sports1 sports2 sports3 sports4 sports5 sports6 sports9 sports10sports11