धरान: ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी संवतको २०२१ सुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो ।
विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचारमा छ।

पछिल्ला बर्षहरुमा नेपालमा पनि अंग्रेजी नयाँ बर्षलाई धुमधामले मनाउने चलन छ । बिशेष गरि डिसेम्बेरको अन्तिम रात न्यु इयर इभकोरुपमा विदेशी पर्यटकहरुले मात्र होइन, नेपाली युवयुवतीहरुले पनि खानपिन तथा मनोरञ्जन गरेर मनाउने गरेका छन् ।