धरान: इलाम जिल्ला प्रकृतिले सजिएको सुन्दर ठाउँ हो । त्यसैले इलाम पर्यटकीय गन्तव्य पनि हो । इलामकै सुर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु पर्यटकहरुको रोजाईमा पर्ने ठाउँ हो । यहाँबाट बिहान सुर्योदयको लोभलाग्दो दृष्य हेर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

श्रीअन्तु फिक्कल बजारबाट १४ किलोमिटर पुर्वमा पर्छ । सडक, सञ्चार र होमस्टेको सुविधा छ । त्यसैले यहाँ आन्तरिक पर्यटकहरुको अचेल घुइचो लाग्न थालेको छ । अन्तुडाँडामा भ्यु टावर बनाइएको छ, त्यहाँबाट सुर्योदय मात्र होइन, सुर्यस्तलाई पनि नियाल्न सकिन्छ । लकडाउन अघि भारतको पश्चिम वंगालका पर्यटकहरु पनि आउथे ।

लकडाउनले लामो समय थला परेको पर्यटन अहिले विस्तारै चलायमान हुन थालेको छ । यसपाली अंग्रेजी बर्ष २०२० को विदाई र नयाँ बर्ष २०२१ को स्वागतको लागि श्रीअन्तुमा आन्तरिक पर्यटकहरु पुगेका थिए । श्रीअन्तुमा नयाँ बर्ष २०२१ को स्वागतको लागि धरानबाट परिवारसहित पुग्नु भएका विपिन सुब्बा इवारमले खिच्नुभएका केही तस्बिरहरु:antu antu1 antu2 antu4 antu6 antu3