मोरङ: बिराटनगर महानगरपालिका ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्रा क्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिएको थियो । लहरीको ठक्कर दिदा घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।







