विराटनगर: प्रतिबन्धित भारतीय ५ सय दरको नोटसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ९ जुटविकासका २५ बर्षीय लुकास राजवंशी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्m आउदै गर्दा पक्राउ गरेको हो । बिहान करिब ११ बजे पक्राउ परेका राजवंशीको साथबाट ५ सय दरको ४० थान अर्थात २० हजार वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।







