धरान: लागु पदार्थको कुलतमा फसेका युवाहरु पनि सुधार भएर समाजमा स्थापित हुनसक्छन् भन्ने सन्देश दिने उद्देश्यले धरानमा २ दिने संजिवनी फुटसल प्रतियोगिता शुरु भएको छ ।

धरान १३ स्थित सञ्जिवनी केन्द्रको आयोजनामा दुई दिने फुटसल शुरु भएको हो । धरान १० धर्मपथस्थित फुटसलमा प्रतियोगिताको उद्घाटन तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन समारोहमा बिशेष अतिथि धरान १२ का अध्यक्ष टंक राई, धरान १० का अध्यक्ष श्रीप्रसाद लिम्बु, पत्रकार महासंघ सुनसरीका सदस्य धिरेन लिम्बुलगायत रहेका थिए ।

futsal1

दिप प्रज्वलन तथा रेफ्रीलाई वल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन भएको थियो । आज पहिलो चरणको १६ खेल हुने आयोजक केन्द्रले जनाएको छ । भोली क्वार्टरफाइनलका ८ खेलदेखि फाइनल खेल पनि हुने केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए । प्रतियोगिताको विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले ३१ हजार पुरस्कार पाउनेछ । यस्तै, व्यक्तिगततर्फ बेष्ट प्लेयर, बेष्ट गोलकिपर र म्यान अफ दि म्याचको पनि पुरस्कार दिइनेछ ।

futsal futsal2