धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल प्रतिस्पर्धी धरानका सन्देश बम्जनको मंगलबार वृहत एकल सांगीतिक कार्यक्रम भएको छ ।

बम्जन नेपाल स्टारको टप ४ मा पुग्न सफल प्रतियोगी हुन् । धरान निवासी बम्जम केही दिनदेखि गृहनगरमा छन् । सन्देश बम्जन जिताउ अभियानकर्मीहरुले मंगलबार उनलाई नगर परिक्रमा गराउदै एसएमएस भोटिङ गर्न आग्रह गरिएको थियो । त्यसपछि भानुचोकमा बम्जनको एकल कन्सर्ट आयोजना भएको थियो ।sandesh1 1

करिब ४ घण्टासम्म नेपाल स्टारका फाइनलिष्ट बम्जनले थुप्रै गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । साथै उनले आफुलाई एसएमएस गरेर भोट गर्न र नेपाल स्टार बनाउन पनि आग्रह गरेका छन् । प्रतिस्पर्धी बम्जनलाई भोट गर्न मोवाइलमा SN13 टाइप गरेर 33001 मा पठाउनुपर्ने हुन्छ । उनलाई बिहिबार राती १२ बजेसम्म भोट गर्न सकिनेछ ।sandesh2 sandesh3 sandesh4 sandesh8 sandesh7 sandesh10 sandesh9 sandesh5 sandesh6