झापा ः झापाको गौरादह नगरपालिका ४ मा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
हिजो सोमवार साँझ ६ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका ५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको उपचारको क्रममा मृत्यु भएको हो । उनको झापाको बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







