ईलाम: ईलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो साँढे १ बजे हाईड्रोमा काम गर्ने दुई कामदारहरुको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनको भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।