धरान: प्रहरीले धरान १३ बाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार २७ बर्षीय राजकुमार तामाङको कोठाबाट खानतलासी गर्दा लागुऔषध वरामद भएको थियो । उनलाई हिजो दिउँसो ३ बजे घरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको कोठाबाट आइजेलाव ९ एम्पुल, फेनरगन ९ एम्पुल, लेजेसिक ९ एम्पुल, अल्कोहल स्वाब आइडिए ४४ पत्ता, ५ एमएलको सिरिञ्ज ६३ थान वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।