धरान: शैक्षिक हब हो धरान । यहाँ थुप्रै शैक्षिक संस्थाहरु छन् । ती मध्ये धरान १२ चतरालाइनस्थित धरान मेघा कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।

मेघा कलेजले ४ बर्षे बिबिएस अध्यापन गराउदै आएको छ । कलेजमा मल्टिमिडियामा आधारित शिक्षा पद्दती अपनाइएको छ । दक्ष र अनुभवी शिक्षकहरुबाट अध्यापन हुन्छ । त्यतिमात्र होइन, बिषयबस्तुसँग सम्बन्धित विशेषज्ञहरुद्धारा पनि अध्यापन गराइने कलेजका अध्यक्ष कैलाश आङ्देम्बे बताउँछन् । उनले भने,‘हाम्रो कलेजमा मल्टिमिडिया पद्दतीबाट अध्यापन हुन्छ । अनुभवी प्राध्यापकहरु छन्, फरक शैली छ । बिषयसँग विज्ञहरु आमन्त्रण गरेर कक्षा चलाउछौं । यसले विद्यार्थीहरुको वृहत्तर विकासमा टेवा पुग्छ ।’

कलेजमा बिषय बिज्ञकोरुपमा धरानमा रहेका प्रतिष्ठित बैंकहरुका मेनेजरहरुले पनि आमन्त्रितरुपमा कक्षा पनि लिइरहेका छन् । यसले इन्टर्नसिपमा पनि सहज गराउछ । यो मेघा कलेजमा मात्र व्यवस्था छ । शैक्षिक निर्देशक अर्जुन घिमिरेका अनसार सहुलियत शुल्क दर छ भने बस र होस्टलको पनि सुविधा छ । प्लस टु र जिल्ला प्रथम हुने विद्यार्थीहरुलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको उनले बताए । ‘कलेजको सुविधाजनक आफ्नै भवन छ । खेलकुद, सांगीतिक, नृत्य, उद्घोषक, साहित्य, साँस्कृतिक कलाहरुमा प्राथमकिता दिइन्छ,’घिमिरेले भने,‘सामाजिक गतिविधिहरुमा पनि सहभागिता गराउछौं । यस्ता अतिरिक्त गतिविधिहरुबाट विद्यार्थीहरुको सर्वांगिण व्यक्तितको विकास हुन्छ ।’ विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन बार्षिकरुपमा स्वागत र विदाई कार्यक्रम हुने गरेको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने गरेका छन् ।

megha5

शैक्षिक २०७४/०७५ को बिबिएस रिजल्टमा मेघा कलेजका विद्यार्थी सुमन सेन्च्युरी धरान प्रथम भएका थिए । बिबिएस प्रमुख चन्द्र वनेम लिम्बु कलेजले विगतदेखि नै उत्कृष्ट नतिजाहरु ल्याइरहेको बताउँछन् । ‘दक्ष तथा अनुभवी प्राध्यापकहरुको टिम छ । कुनै पनि कमीकमजोरी हुदैन,’उनले भने,‘नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढ्ने व्यवस्था छ । विद्यार्थीले कुन माध्यमबाट पढ्न चाहन्छन्, त्यही अनुसार उनीहरुलाई अलग्गै व्यवस्था हुन्छ ।’ विपन्न तथा पिछडिएका साथै ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई बिशेष छात्रवृत्ति पनि कलेजले दिइरहेको उनले जानकारी दिए । बिषयसँग सम्बन्धित स्थलगत भ्रमण, सेमिनार र प्रशिक्षणहरुले विद्यार्थीको दानको दायरा थप फराकिलो बनाउने गरेको उनको भनाई छ ।

megha6

कलेजले आफ्ना विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित नगरि अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने गरेको छ । ‘स्कुल र कलेजमा पढ्ने हो, त्यसमा दुई मत छैन तर जुन चिजमा विद्यार्थीलाई चासो छ, त्यसमा पोख्त बनायौं भने मात्र प्रगति गर्नसक्छ,’अध्यक्ष आङ्देम्बे भन्छन्,‘स्कुलको प्रेरणाले म यहाँसम्म आइपुगे भन्ने होस् । व्यक्तिमा कुनै न कुनै कला हुन्छ, त्यो कला र प्रतिभालाई उजागर गर्दै अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । ’
कलेजको आफ्नै ४ तले भवन छ । पर्याप्त खेलकुद मैदान छ भने हाल अत्याधुनिक बास्केटवल कोर्ट निर्माण भइरहेको छ । त्यहाँ भलिवल र ब्याडमिन्टन पनि खेल्न सकिने कलेजको भनाई छ ।

मन्टेश्वरीदेखि कक्षा १० सम्मको पढाई, प्लस टुको पनि योजना

megha-collage

मेघा कलेजकै सञ्चालकहरुले मन्टेश्वरीदेखि कक्षा १० सम्मको हिमालयन सेकेण्डरी स्कुल पनि सञ्चालन गरेका छन् । मन्टेश्वरी पद्दतीबाट प्ले ग्रुपदेखि पढाई शुरुवात हुन्छ । आगामी शैक्षिक सत्रदेखि प्लस टु को शैक्षिक कार्यक्रम शुरुवात गर्ने योजना रहेको अध्यक्ष आङ्देम्बेले बताए । ‘साना विद्यार्थीहरुलाई पढाईसँगै बाल क्लबहरुमार्फत सक्रिय बनाउछौं । स्कुलदेखि नै अध्ययनको पाटो त छदैछ, अतिरिक्त क्रियाकलापलाई जोड दिएका छौं,’उनी भन्छन्,‘फष्ट डिभिजन मात्र होइन, एउटा प्रतिभावान विद्यार्थी जन्माउने हाम्रो लक्ष्य हो । जो देशको गहना हुनसक्छ । नेपाललाई नै चिनाउनसक्ने प्रतिभा हुनसक्छ ।’

megha3

विद्यालयस्तरदेखि नै कलेजसम्म उत्कृष्ट विद्यार्थीहरुले छात्रवृत्ति पाइराखेका छन् । विद्यालय र कलेज दुवैले विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई पनि छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिएको छ । विद्यालयमा आधुनिक ल्याबको भौतिक पुर्वाधार सबै तयार भइसकेको छ । आवश्यक सामग्रीहरु आउने क्रममा छ । कक्षा ६ देखि १० सम्मको लागि अनिवार्य विज्ञान प्रयोगशाला बनाउने विद्यालय सञ्चालकको भनाई छ । ‘प्रायः विद्यार्थीहरुलाई किताब र बोर्डमा मात्र पढाउदै गरेको हुन्छ । अब ल्याबमा अभ्यास नै गर्ने गरि हामीले तयारी गरेका छौं, जसले गर्दा कक्षा १० क्रस गर्दा प्लस टु मा सहज हुन्छ,’घिमिरे भन्छन्,‘६ कक्षादेखि नै प्रयोगात्मक गराउछौं ।’