धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहारमा देउसी, भैलो तथा नाचगान कार्यक्रमहरु राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न अनुरोध गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले आइतबार एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । एकले अर्काको धर्म सँस्कृतिलाई सम्मान गर्न आग्रह गर्दै प्रशासनले पर्वहरुमा अवाञ्छित एवं गैरकानुनी कृयाकलापहरु नगर्न र त्यस्ता कार्यहरु भएमा कानुन वमोजिम कारबाही गर्ने पनि चेतावनी दिएको छ । 

प्रशासनले पटका, आतिसबाजी जस्ता बिष्फोटक पदार्थ नपड्काउन साथै त्यस्ता पदार्थहरुको ओसारपसार एवं बिक्री वितरण नगर्न पनि अनुरोध गरेको छ । यस्तै, मादक पादर्थ सेवा गरेर सार्वजनिक शान्ति सुरक्षालाई असर गर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझडा नगर्न, भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापहरु नगर्न, देउसी भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

cdo notice