धरानः धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम आजदेखी सुरु भएको छ ।

एक सातासम्म चल्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता र मिनी म्याराथुन सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जनाए । वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण प्रसाई प्रथम बने । त्यस्तै दोस्रो र तेस्रो क्रमस रिति दास र कृति भट्टराई बने । मिनी म्याराथुनको छात्रतर्फ पहिलो रिजन श्रेष्ठ बन्दा दोस्रो रोहित राई र तेस्रो कुमार बस्नेत भए । छात्रा तर्फ पहिलो प्रशंसा वन, दोस्रो लिला राई र तेस्रो रोमिहा मल्ल भएका थिए ।

यसैगरी दोस्रो दिन फागुन ७ गते छात्र र छात्राहरुको छुट्टाछुट्टै गायन तथा नृत्य प्रतियोगिता हुनेछ । फागुन ८ गते कक्षा ११ को होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुलाई हाइकिङ लगिने एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले जानकारी दिएका छन् । फागुन ९ गते छात्र र छात्राहरुको छुट्टाछुट्टै हाजिरीजवाफ प्रतियोगिता हुनेछ । फागुन १० गते कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ र फागुन ११ गते विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा जित निकाल्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने छ।