धरान: प्रभु बैक धरान १० के रन, नवौं नेवा च्यारिटी को सम्पुर्ण तयारी पुरा भएको छ ।

भोली बिहान ६ बजेर ३० मिनेटमा शुरु हुने प्रतियोगितामा सहभागी हुन धरान बाहिरका धावक धाविकाहरुका साथै अतिथिहरु पनि धरान आइसकेको आयोजक धरान रनले जनाएको छ । ‘९९ प्रतिशत तयारी भइसक्यो । भातर र नेपालका विभिन्न जिल्लाबाट आउनुपर्ने धावक धाविकाहरु पनि आइसके,’अध्यक्ष रमु राईले भने,‘अतिथिहरुलाई पनि आज स्वागत गरिसकेका छौं ।’

dhrn 2

विश्वको दोस्रो अग्लो हिमाल के टु हिउद महिनामा पहिलो पटक आरोहण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालको १० जनाको टोली आज धरान आइसकेका छन् । उनीहरुसँगै चर्चित गायक राजु लामा र पुर्व मिस नेपाल मलिना जोशी पनि धरान आइसकेकी छिन् । सुन्दरी जोशीको घर धरान नै हो । उनीहरुलाई स्वागत गर्न विराटनगर विमानस्थलमा धरानका वडा नं १८ का अध्यक्ष प्रविण राई, पुर्वगोर्खा लाहुरे तथा धरान रनका सल्लाहकार सुवास राईको टोली गएका थिए ।

drn-run

अतिथिहरुको टोली होटल गजुर प्यालेसमा बसेका छन् । दिउँसो गजुर प्यालेसदेखि भानुचोकस्थित धरान रन कार्यालयसम्म अतिथिहरुलई साकेला नाच तथा साँस्कृतिक झाँकीसहित स्वागत सम्मान गरिएको थियो । शनिबार धरान १० के रनको पुरस्कार वितरण समारोहमा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेकोछ । भिडियो/फोटो: विकास चाम्लिङ

dharan-run 1 drhn drn drn-run5 drnrun drn-run6 drn-run7
drn-run9