धरान: नेपालकै धेरै सहभागी हुने प्रतियोगिता प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ शुरु भएको छ ।

धरान रनमा विगतमा कम्तीम पनि ४ हजारको संख्यामा सहभागी हुन्थ्यो, तर यसपाली कोरोनाको कारण सिमित संख्यामा मात्र धावकधाविकाहरु छन् । आयोजक धरान रनका अनुसार आज डेढ सयको हाराहारीमा मात्र धावकधाविकाहरु दौडमा सहभागी छन् । धरानका मेयर तिलक राई पनि दौड गरिरहेका छन् । आज विश्वको दोस्रो शिखर के टु मा हिउँदमा आरोहण गर्ने नेपालका आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै, चर्चित गायक राजु लामा र पुर्वमिस नेपाल मलिना जोशी पनि धरान रनमा आएकी छिन् ।

dhrn-run

मेयर तिलक राईले धरान रन नेपालकै महत्वपुर्ण इभेन्टकोरुपमा स्थापित भइसकेको बताए । नेपालमा मात्र होइन, विदेशमा समेत गरिमा, विश्वासनीयता र व्यवस्थापनको पक्षमा महत्व दर्शाइरहेको बताए । उनले के टु आरोही दल, गायक लामा र पूर्व मिस नेपाल जोशीलाई धरान उपमहानगरको तर्फबाट पनि स्वागत सम्मान गरिएको बताए ।

dharanrun1

यसपटक पुरुषतर्फ ४० मिनेट र महिलातर्फ ५० मिनेटमा १० किलोमिटर दुरी पार गर्नेहरुलाई मात्र सहभागी गराइएको आयोजक संस्थाका अध्यक्ष रमु राईले जनाएको छ । यसको लागि धरानमा ४ हप्ता ट्रायल रन गरिएको थियो । व्यवसायिक धावकधाविकाहरुलाई भने ट्रायल विना नै नाम दर्ता गरिएको आयोजक संस्थाले जनाएको छ । महिला र पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकाहरुले क्रमशः ट्रफी, मेडलसहित नगद ५० हजार, ३० हजार र २० हजार पाउनेछन् । चौथो र पाँचौं हुनेलाई पनि सान्त्वना पुरस्कार दिइनेछ । सहभागी सबैलाई टि सर्ट र मेडल पनि दिइने उनको भनाई छ । 

तस्बिरहरु: विकास चाम्लिङ

drun2 dharan-run4 drun4 d-run3 drun5 drun6 drun9 drun8