धरान: उद्घाटन भएर खानेपानी विवादको कारण स्थगित भएको धरानको आठौं नगर सभाको बैठक आज हुदैछ ।

उक्त बैठकमा नगरसभा सदस्य एवं वडाअध्यक्षले भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन कार्यको म्याद गुज्रिएको बिषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्बु प्रस्तावक र वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठ समर्थक भएर समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । उपमहानगरको उदासिनताको कारण लगत संकलन गर्ने म्याद गुज्रिएको र यसले गम्भीर समस्या उत्पन्न भएको भन्दै उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

nagar

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले उक्त प्रस्तावबारे आज बिहान सहजीकरण समितिमा छलफल भएको जानकारी दिए । यसबारेमा प्रस्ताव नगरसभा बैठकमा राख्न दिने र नगर प्रमुखले सम्बोधन गर्ने सहमति भएको खतिवडाले बताए । ‘आज बैठकमा ऐनहरु प्रस्तुत हुनछ । बजेट संशोधन र ऐनहरु संशोधनको एजेण्डा पनि छ,’उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ, यो बिषयमा सहजीकरण समितिले प्रस्ताव राख्न दिने र नगरप्रमुखले सम्बोधन गर्ने भन्ने भएको छ ।’