धरान: अनलाइन फुड होम डेलिभरी सेवा दिइरहेको सप अर्डर प्रालिले ३ जना लक्की ड्र कुपन विजेता ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । 

सप अर्डरको औपचारिकरुपमा शुरुवात भएको अवसरमा गत फागुन ४ गतेदेखि १५ गतेसम्म अर्डर गर्ने ग्राहकहरुलाई प्रालिले लक्की ड्र कुपन दिएको थियो । सोही अवधिमा विभिन्न सामानहरु अर्डर गर्ने ग्राहकहरुमध्ये ३ जना भाग्यशाली ग्राहकहरु लक्की ड्र मार्फत छनौट गरेर सप अर्डरले उपहार वितरण गरेको हो ।

सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनुसार लक्की ड्र उपहार विजेता धरान १७ बीचघोपाकी लुना मगर, धरान १८ रत्नचोकका सुजन राई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी रेस्मिता सुनुवार रहेका छन् । उनीहरुलाई सप अर्डरका प्रमुख कार्यकारी अधिकृत(सिईओ) साहिल साहीले विजेताहरुको घर घरमा नै पुगेर उपहार वितरण गरेका थिए । विजेताहरुलाई सप अर्डरको उपहारसँगै अर्डिक रेष्टुरेष्ट र नाङ्लो रेष्टुरेष्टको डिस्काउण्ट कुपन विरतण गरिएको सप अर्डरले जनाएको छ । 

सप अर्डरले अनलाइन तथा फोन मार्फत अर्डर गरेका ग्राहकहरुलाई घर घरमा नै होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ । सप अर्डरले विभिन्न तरकारीजन्य सामान, खाद्यान्न, फुड, स्पोर्टस् सामान तथा पुस्तकहरुको पनि डेलिभरी गर्ने गरेको छ । 

1, 12, 13, 1