धरान: २१ औं गोधुली कप शनिबार सम्पन्न भएपछि आयोजक गोधुली कपले दुई दिन लगाएर रंगशालाको सफाई गरेको छ । 

क्लबको अगुवाईमा सदस्य तथा खेलाडीहरुले आइतबार(हिजो) र आज सोमबार रंगशालामा सरसफाई गरेको हो । क्लबका सदस्यहरु, खेलाडीहरुले श्रमदान गरेर फोहोरमैला संकलन गरेका थिए । आइतबार नै अधिकांश फोहोर संकलन गरिसके पनि आज पुनः रहलपहल फोहोरहरु संलकन गरिएको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । 'हिजो पनि सरसफाई गर्यौं, आज रहलपहल सफाई गरेको हो,'उपाध्यक्ष केसीले भने,'रंगशाला हाम्रै हो, त्यतिकै छोड्न मिलेन । बाहिरबाट खेलाडीहरु आउदा फोहोरले राम्रो देखिदैन, त्यसैले यसलाई सफासुग्घर बनाइराख्नुपर्छ । '

stadium2

रंगशालामा मात्र नभएर धरानको जुनसुकै स्थानमा पनि ठुला कार्यक्रमहरु आयोजना गरिसके पछि सम्बन्धिन पक्षले सरसफाई गर्नुपर्ने क्लबको मान्यता रहेको उनले बताए । गोधुली क्लबले विगतका बर्षहरुमा पनि प्रतियोगिता सम्पन्न भइसकेपछि सरसफाई कार्यक्रम गरेको थियो । क्लबले प्याराफिट, मैदान, रंगशाला कम्पाउण्ड क्षेत्र सबैतिर सरसरफाई गरेको थियो । त्यसक्रममा वदामको बोक्रा, वाइवाइको खोल, पानीको बोतल अत्यधिक फोहोरकोरुपमा संकलन भएको थियो । 'वदमको बोक्रा मात्र ४०, ५० किलो जति थियो । वाइवाईको खोल र पानीको वोतल धेरै थियो,'उपाध्यक्ष केसीले भने,'हामी सबैले श्रमदान गरेको हो ।'