धरान: धरान ओपन गल्फ प्रतियोगिताको प्रो एमतर्फको उपाधि प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले जितेको छ ।

पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न चार दिने प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धामा १ सय ६४ स्कोरसहित लामाको टिमले उपाधि जितेको हो । उनको टिममा रहेका एमेच्योर खेलाडीहरु नयन राईले ४३, भरत तामाङले ४२ र आर्शिया बानुले ४१ स्कोर गरेका थिए भने सञ्जयले ३८ स्कोर गरेका थिए । 

भिडियो:

धरानकै युवा प्रोफेस्नल खेलाडी शुक्रबहादुर राईको टिमले कुल १ सय ५६ स्कोरसहित दोस्रो पुरस्कार हात पार्यो । शुक्रले ३७ स्कोर गरे भने उनको टिमका एमेच्योर खेलाडीहरु सुमित्रा लिम्बुले ४०, हेमन्त थापाले ४० र पारुहाङ सुनुवारले ३९ स्कोर गरे । 

धरानकै अर्का युवा प्रोफेस्नल खेलाडी नीरज तामाङको टिम कुल १ सय ५२ स्कोरका साथ तेस्रो भयो । नीरजले ३६ स्कोर गर्दा उनको टिमका एमेच्योर खेलाडीहरु सुमोद बस्तकोटीले ३९, काजी थाप्मादेनले ३९ र भिम दाहालले ३८ स्कोर गरे ।

pro-ammatttchh

प्रतियोगितामा महिलातर्फ आर्शिया बनु विजेता भइन् । लङ्गेष्ट ड्राइभको पुरस्कार राजकुमार राईले जिते भने क्लोसेट टु दिन पिनको पुरस्कार सुरज श्रेष्ठले जिते । विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल गल्फ संघका उपाध्यक्ष तथा धरानका मेयर तिलक राई, नेपाल प्रहरीका एआइजी हरि पाललगायतले पुरस्कार वितरण गरेका थिए । 

pro-am-ma

pro-ampro-am1pro-am2

pro-am3

pro-am4

pro-am5

pro-am7

pro-am8

pro-am12

pro-am10

pro-am11

pro-am13

pro-am14

pro-am15

pro-am16

pro-am17