धरान: नक्कली नोटसहित धरानका नेपाली कांग्रेसका नेतासहित ३ जना पक्राउ परेका छन् । 
ईनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट उनीहरुलार्य नक्कली/जाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो मंगलबार बुधबार जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले धरान १७ का महेन्द्र तामाङ, धरान १९ का टेक बहादुर तामाङ र सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ का नजिम साफिलाई पक्राउ गरेको हो । महेन्द्र तामाङ नेपालीक कांग्रेस धरान उपमहानगर कमिटीका उपसभापति थिए ।  
उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अवस्थामा नक्कली रुपैया फेला परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार नेपाली नक्कली रुपैया १ .हजार दरका ४ सय १५ थान अर्थात ४ लाख १५ हजार फेला परेको छ । नक्कली जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भईरहेकोसमेत जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



