धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुर ६ का ७० बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दीर्घ रोगीसमेत रहेका ती वृद्धको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।