झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधाराका ४० बर्षीय माइकल सोरेन रहेका छन् । हिजो आइतबार बेलुकी पौने ६ बजे उनी घरदेखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खोजतलासमा खटिएको थियो । सोही क्रममा बिहान १० बजे सोरेनको मृत शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाईएको झापा प्रहरीको भनाई छ ।