मोरङ: मोरङमा प्रहरीले लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । 

मोरङ प्रहरीका अनुसार सुनबर्षी नगरपालिका ८ विश्वकर्मा चौकमा ब्राउन सुगरसहित ३ जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

हिजो सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट मोटरसाइकलमा आउदै गरेका तीन जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर फेला परेको थियो । प्र.न.१(०२(०४५ प ३९७३ नम्बरको मोटरसाईकलमा सवारी उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । 

यसैगरी सोही स्थानमा राती सवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् । उनीहरु दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवार थिए । दुवैको २ एम.एल.को डाइजिलाब १० पिस, फेनारगन २ एम.एल.को १० पिस, इपिइएल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना माथि ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।