धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । 
सर्वोच्च अदालतको संवैधानिक इजलाशले सरकारको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्दै हिजो २८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले परमादेश अुनसार नै राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिए । प्रधानमन्त्रीको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



