धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक १७ बर्षीय किसोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका वडा नं १७ का १७ बर्षीय किसोर छन् । उनको कोभिड अस्पतालमा आज बुधबार साँझ ५ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई आजै संक्रमण पुष्टि भएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।