ईलाम: ईलाम नगरपालिका १ नेपालटारमा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्ट पिलर ढलेर लागी मृत्यु भएको छ । 

स्थानीय हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम ६ खरेलडाँडाका बचासदिप रिजालको छोरा ग्रेसधीफको पिलरले लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा उनलाई पक्की सिमेन्टको पिलरले लागेर मृत्यु भएको हो ।

घर बनाउनको लागि निर्माण गरेर भित्तामा ठड्याएर राखेको पक्की सिमेन्टको पिलर अचानक ढलेर बालकलाई किचेको थियो । पिलरले किचेर गम्भीर घाईते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउदा मृत्यु भई सकेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सिमावानस्थित कयार खोलामा करेन्ट  लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान भईरहेको जनाएको छ ।