धरान: धरानको नेशनल एकेडेमीले विद्यार्थी भर्नाको लागि अनलाइन प्रणालीको विकास गरेको छ । 

कस्मस इन्भाइटेड इन्टरनेशनल प्रालिसँगको सहकार्यमा कलेजलाई आईटीमय बनाउने क्रममा नेशनलले भर्नाको लागि पनि अनलाइन प्रणाली विकास गरेको हो । कोभिड महामारीको जोखिम जारी नै रहेको कारण भर्ना गर्न कलेजमा आउदा भिडभाड हुने भएकोले विद्यार्थी तथा अभिभावकहरुलाई जोखिममुक्त गर्न कलेजले यस्तो व्यवस्था गरेको सिईओ देव सुुब्बाले जानकारी दिए । ‘कलेजमै आएर भर्ना गर्न चाहनेहरुलाई पनि सामाजिक दुरी, स्वास्थ्य मापदण्ड पुरा गरेर भर्ना गर्ने व्यवस्था छ,’ सिईओ सुब्बाले भने,‘भिडभाडबाट र कोरोनाको जोखिमबाट जोगिनलाई अनलाइनबाटै भर्ना गर्न सकिन्छ । हामीले महामारी नियन्त्रणको लागि यो दायित्व पुरा गरेका हौं ।’ उनले विद्यार्थी तथा अभिभावकलाई भिडभाड नगर्न समेत अनुरोध गरे ।

कलेजका अनुसार अनलाइन भर्नाको लागि सबै भन्दा पहिले नेशनलएकेडेमीधरान डट इडियू डट एनपी मा गएर अनलाइन फारम भर्नुपर्ने हुन्छ । त्यसपछि प्ले स्टोरमा गई नेशनल एकेडेमी नामको एप डाउनलोड गरी इसेवा तथा खल्ती डिजिटलमार्फत भर्ना गरी भर्ना प्रक्रिया पुरा गर्न सकिने कलेजका प्रिन्सिपल श्रीसिसा राईले जानकारी दिउ । शिक्षा क्षेत्रमा समय एवं परिस्थिति अनुसार परिवर्तन गर्न नयाँ प्रविधिको सहायता लिइएको कलेजका अध्यक्ष सालिकराम राईले बताए । कलेजले पेपरलेस अवधारणामा काम गर्दै गएको कारण पनि यो व्यवस्था गरिएको उनको भनाई छ । 

२०५८ सालमा स्थापित यो कलेजले शिक्षामा नयाँ नयाँ प्रविधि र विधि अपनाउन सधै अगाडि रहेको छ । यसअघि कलेजले आईटी हार्डवेयर तथा सफ्टवेयर ल्याव समेत निर्माण गरेको छ । विद्यार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ । यसमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यवस्था कलेजले गरेको छ । कलेजका सबै विद्यार्थीहरुको अनलाइन एकाउन्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रि«क एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा, कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीको लागि सिसि क्यामरा कभरेज कक्षा तथा शैक्षिक वातावरण तयार गरिसकेको छ । यो शैक्षिक सत्रदेखि नेशनल एकेडेमीले लिम्बु, राई वान्तावा र नेपाल भाषा(नेवारी) पनि सामाजिक शिक्षा बिषयको सहायक कक्षाकोरुपमा पढाई शुरु गर्ने जनाएको छ ।