धरान: धरान मेघा हिमालयन कलेजले यस वर्षको शैक्षिक सत्रको पहिलो प्रवेशिका परिक्षा भोलि शुक्रवार लिने भएको छ ।

       पहिलो पटक प्लस टु कक्षामा फुड एण्ड न्युट्रेसनको अध्यापनसहित यसै शैक्षिक सत्र देखि प्लस टु कक्षा पनि शुरु गर्न लागेको मेघा हिमालयनले भोली शुक्रबार प्रवेश परिक्षा लिन लागेको हो । फुड एण्ड न्युटे्रसनसहित कलेजले व्यवस्थापन संकाय, विज्ञान संकाय, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स विषयको अध्यपन सुरु गर्न लागेको जनाएको छ । पहिलो चरणको प्रवेश परिक्षामा सवै विषयको रजिस्ट्रेसन र्फम भरेको तथ्यांक हेर्दा ३ देखि ४ सय जना विद्यार्थीले सहभागिता जनाउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । 

कलेजले प्रवेश परिक्षामा विद्यार्थीहरुको पर्फमेन्स हेरेर सोही वमोजिम कक्षा सेक्सन व्यवस्थापन गर्ने जनाएको छ । साथै एक सेक्सनमा ३५ जना विद्यार्थी भन्दा बढि अध्यापन नगराइने पनि घिमिरेले बताए । कलेजले परिक्षाका उत्कृष्ट विद्यार्थी संगै विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्ने योजना रहेको कलेजले जनाएको छ ।

आधा करोड लगानिमा आधुनिक प्रविधियुक्त विज्ञान प्रयोगशाला 

megha6

यसै शैक्षिक सत्र देखि प्लस टु कक्षा संचालन गर्न लागेको कलेजले करिव आधा करोड रुपैयाको लगानिमा आधुनिक तथा नया प्रविधि सहितको विज्ञान प्रयोगशाला तयार गरेको छ । बिज्ञान संकाय तर्फका फिजिक्स, केमेस्ट्री र वायलोजि विषयका विद्यार्थीहरुको लागि  धरानकै उत्कृष्ट विज्ञान प्रयोगशाला रहेको कलेजले जनाएको छ ।

अहिले विद्याथीहरु संगै धेरै कुराहरु प्राविधिक र आधुनिक रुपमा नै अपडेट भइरहेको कलेजको भनाई छ । समय अनुसार अपडेट गराउदै विद्यार्थीहरुलाई शिक्षा दिन सके मात्र उनिहरुको भविष्य उज्वल हुन सक्ने भएकोले आधुनिक प्रयोगशाला निर्माण गरिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुले बताए ।

megha3

यससगै कलेजले अन्य विषयको लागि आवश्यक भौतिक पुर्वधार धमाधम निर्माण सम्पन्न गरिहरहेको समेत अध्यक्ष लिम्वुले जानकारी दिए । समयको माग अनुसार नै कलेजले सम्पुर्ण पुर्वाधारहरु निर्माण गर्ने पनि प्रष्ट पारे । कम्प्युटर साइन्सको लागि छुट्टै ल्याव, होटल म्यानेजमेन्ट र विज्ञान संकाय र व्यवस्थापन संकायको लागि वेग्लावेग्लै भवन निर्माण भइरहेको कलेजले जनाएको छ । कक्षा संचालन सुरु हुन अघि सम्पुर्ण भौतिक पुर्वधारहरु निर्माण भइसक्ने अध्यक्ष लिम्वुले जानकारी दिए ।

तस्विरः विकास चाम्लिङ राइ

megha8

megha7

megha1

megha5