धरान: प्रदेश नं १ को नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्यले पदभार ग्रहण गरेका छन् । 
मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री कार्यालय तथा मन्त्रीपरिषद कार्यालयमा निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई बधाई तथा शुभकामना पनि दिएका थिए । एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिन एमाले प्रदेश नं १ को संसदीय दलको नेता र मुख्यमन्त्रीबाट शेरधन राईले राजिनामा दिएका थिए । दलको नेतामा आचार्य चुनिए पछि उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
                     
		


 
		 
		 
		 
		



